स्याङ्जामा आत्महत्या विरुद्धको अभिमुखिकरण कार्यक्रम भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार, स्याङ्जामा सोमबार “मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या रोकथाम सम्बन्धमा” सञ्चारकर्मीहरूलाई संवेदनशिल रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो ।
कार्यक्रममा स्याङ्जा जिल्लाका सञ्चारकर्मीहरू सहभागी थिए भने कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र कोपिला नेपालका प्रतिनिधिहरुले गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
