काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा नयाँ बर्ष २०८३ को अवसरमा बिशेष पुजा हुने भएको छ ।
नयाँ बर्षको अवसरमा पर्यटक एवं भक्तजनलाई लक्षित गरेर मन्दिरमा बिशेष पुजा गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए ।
नयाँ बर्षको अवसरमा मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ परिक्रमासहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको चक्र समेत खुला गरिने व्यवस्थापन समितिले जनाएको छ ।
यस स्थानमा नेपालकै पहिलो नवग्रह निर्माण भएसँगै धार्मिक एवं पर्यटनको गन्तब्यका रुपमा बिकास भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
