ॐकार ईभेन्ट्स हबको आयोजनामा वालिङ्मा प्रथम एक्स्पो हुने

स्याङ्जाको वालिङ्मा ऊँकार ईभेन्ट्स हब प्रथम एक्स्पो हुने भएको छ । नेपाली मौलिक कला, संस्कृति, संगित, खेलकुद तथा परम्परागत खाना संरक्षण, प्रवर्द्धन  र विकास गर्दै स्थानिय कलाकार, उद्यमी र उत्पादन प्रोत्साहन गर्ने उद्देश्यका साथ ॐकार ईभेन्ट्स हब प्रथम एक्स्पो हुने भएको हो ।

ॐकार ईभेन्ट्स हबको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको सो एक्स्पोलाई एक महत्वपुर्ण पर्व र उत्सवका रुपमा हेरिएको छ । यहि चैत्र २६ देखि आगामी बैशाख २ सम्म हुने सो पर्वमा औद्यौगिक व्यापार पर्व, सांस्कृतिक तथा ख्यातिप्राप्त कलाकारहरुद्वारा सांगितिक कार्यक्रम, टिकटक प्रतियोगिता, कृषी तथा ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफी, अदुवा तथा जडिबुटी प्रदर्शनी, सुचना प्रविधि तथा शैक्षिक सामग्री प्रदर्शनी तथा खेलकुद, बालउद्दान, अटोमोवाईल्स,पर्यटन मेला, हस्तकला प्रदर्शनी तथा भलिबल प्रतियोगिता लगायतका विभिन्न विधा र क्षेत्रगत कार्यक्रम, प्रतियोगिता एवम् प्रदर्शनी कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Advertisement

यो पर्वमा अशक्त,वृद्धहरुलाई निशुल्क पासको व्यवस्था गरिएको छ भने उमेर समुह अनुसार छुट्टाछुट्टै टिकट दर कायम गरिएको आयोजक संस्था ॐकार ईभेन्ट्स हबका सदस्य शाहजाद खानले जानकारी दिए । जसमा साधारणतर्फ भ्याटसहित १ सय रुपियाँ तोकिएको छ भने विद्यार्थीका लागि भ्याटसहित ७० कायम गरिएको छ । यस्तै भिआईपी टिकट ५ सय रुपियाँ कायम गरिएको छ । यसैगरी, दिउँसो ३ बजेपछि कन्सर्टका लागि ३ सय रुपियाँ टिकट तय गरिएको छ । पर्वका लागि तयारी तिव्र पारिएको आयोजक ॐकार ईभेन्ट्स हबका प्रबन्धक नवराज पौडेलले जानकारी दिए ।

More News last news
Loading...