कास्की २ मा स्वतन्त्र उम्मेद्वार बनेका पौडेलले गरे उम्मेद्वारी फिर्ता, काङ्ग्रेस उम्मेद्वार मधुलाई समर्थन
आसन्न फाल्गुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लिएर विशेष चर्चामा रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ बाटउम्मेदवारी दर्ता गराएका स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले सोमबार एक प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) लाई समर्थन गर्ने घोषणागरेका हुन् ।
उनले जेनजी आन्दोलनको मर्म अनुसार उम्मेदवारी दिएको बताउँदै आएका थिए । तर पछिल्लो राजनीतिक परिस्थिति र कास्की२ को दीर्घकालीन हितलाई ध्यान दिएर उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् । उनि विद्यार्थि कालदेखि नै नेपाल विद्यार्थि सङ्घ र नेपाली काङ्ग्रेसबाट राजनीति गर्दै आएका छन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
