पुतलीबजार नगरपालिका वडा न २ मा बुधबार निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ । शिविरबाट सो वडाका ७२ जना कृषकका पशुपन्छीहरुको परिक्षण गरिएको पशु प्राविधिक युवराज मरासिनीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसी राम रेग्मीले कृषकहरूका पशुपन्छीमा देखिने सामान्य रोगहरूको रोकथाम, समयमै उपचारको आवश्यकता तथा पशु स्वास्थ्य सुधारमार्फत कृषकहरूको आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ नगर अघि बढिरहेको बताए ।
शिविरमा उपस्थित कृषकहरूका पशुपन्छीहरूलाई आवश्यक उपचार सेवा प्रदान गर्दै निःशुल्क औषधि वितरण समेत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष भीम बहादुर गुरुङ, पशु सेवा शाखाका प्रमुख पुष्पराज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
