स्याङ्जामा अभिभावक शिक्षा कार्यक्रम

बालकालिकाको असल चरित्र निर्माणमा अभिभावक सचेत हुनुपर्छ: प्रशिक्षक शर्मा

गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले जिल्ला भित्रका विभिन्न विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा प्रदान गर्दै आईरहेको छ । यसैबीच, पुतलीबजार नगरपालिका वडा न ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा प्रदान गरिएको छ ।

कार्यक्रममा पुतलीबजार नगरपालिका शिक्षा शाखा शाखा प्रमुख बाबुराम बरालले अभिभावकहरुलाई बालबालिकाको बहुआयमिक क्षेत्रको विकास गर्नको लागि अभिभावक शिक्षा कार्यक्रम अत्यन्तै महत्वपुर्ण र फलदायी सावित हुने बताए । उनले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

Advertisement

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने धारणा राखे । कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रमको राष्ट्रिय प्रशिक्षक तथा गण्डकी आवसिय माविकी शिक्षिका लक्ष्मी शर्माले विद्यार्थी, अभिभावक र शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भुमिका लगायत बहुआयमिक विषयमा सहजिकरण गरिन । उनले अभिभावकरुपी आमा र बाबु तथा घरका अन्य सदस्यले बालबालिकाको असल चरित्र निर्माण गर्नमा मुख्य भूमिका खेल्नुपर्ने बताइन ।

कार्यक्रममा वडा नं. ३ वडा सदस्य सविता शर्मा, विद्यालयका प्रधानाध्यापक कृष्ण बहादूर गोदार लगायतले यस किसिमको कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा अभिभावक,शिक्षक र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुतलीबजार नगरपालिका शिक्षा अधिकृत शोभा बस्यालले गरेकी थिइन ।

कार्यक्रमले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता र सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप र सोचबाट टाढा राखी जीवनलाई सरल र सहज तरिकाबाट जिउन मद्धत पुग्ने कार्यालयको विश्वास छ ।

More News last news
Loading...