तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र न २ का क्षेत्रीय सभापति चुडामणि खनाल वा राजनीतिमा असल पहिचान बनाएका कांग्रेसका नेता हुन् । नेपाल विद्यार्थी संघ तनहुँका पुर्ब जिल्ला अध्यक्ष युवा नेता चुडामणि खनाल राजनीतिमा संघर्ष, धैर्यता,निरन्तरता र संगठन निर्माणमा जवानी बिताएका नेता हुन् ।
२०५२ साल मा कक्षा ७ मा गाउँफर्कोदय माबि मा अध्ययन गर्दैगर्दा नेपाल विद्यार्थी संघको सदस्यता लिइ इकाई सभापति समेत बनेर कांग्रेसको राजनीतिमा होमिदै गर्दा आजसम्म कुनै पनि लाभको पदमा प्रतिस्पर्धा गर्ने औपचारिक अवसर पाउन सकेका छैनन् । २०६० सालमा स्थायी जागिरमा नियुक्ति भएका खनाल राजनीतिलाई नै सर्बस्सो ठानी स्थायी जागिर छाडेर सदा जीवन जीउँदै गाउँ गाउँ सङ्गठन निर्माणमा खटिदै कांग्रेसको जग मजबुत गराउन तल्लीन रहे। कर्ममा बिश्वास गर्ने खनाल तनहुँ जिल्लाका बिशेषत ग्रामीण भेगका जनताको हर दुख सुखमा साथ दिई आइरहेका छन् ।
२०७२ सालको भुकम्प होस् त कोभिड १९ को महामारी त्यस्तो अवस्था मा पनि आफू कुनै लाभको पदमा नहुदा नहुदै जनतालाई जस्तापाता र खाद्यान्न सामाग्री बितरण गर्नुका साथै विद्यार्थीहरुलाई पढ्नका लागि अस्थायी टहरा निर्माण गरे । २०६२, ६३ सालको जनआन्दोलनमा राजाको विरुद्ध आन्दोलनमा उत्रिदा पटक पटक गिरफ्तारमा नेपाली सेनाको आक्रमणबाट भाग्यले बचेका कांग्रेसका आटिला योद्धा हुन खनाल । भ्रष्टाचार विरुद्ध र सुसासनको पक्षमा सधैं वकालत गर्ने भ्रष्टाचारी आफ्नै बुवा भएपनी कारबाही हुनुपर्छ र जनताका आधारभुत आवश्यकता सरकारले हरतरहले पूरा गर्नुपर्छ भन्दै आवाज उठाउदै आइरहेका छन् । जिल्लामा सशक्त जनआधार, संगठनात्मक अनुभव , पार्टी प्रतिको लगाब हुँदाहुँदै पनि खनाल पछिल्ला वर्षहरूमा बारम्बार अवसरबाट वञ्चित हुँदै आएका छन् ।

क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ चुनाव लड्न सक्ने हैसियत बनाइसकेका खनालले २०७९ को स्थानीय तह निर्वाचनमा भिमाद नगर पालिकाको अध्यक्ष पदमा दावी प्रस्तुत गरे पनि जिल्लाका अन्य पालिकामा नगरिएको गठबन्धन भिमाद नगरपालिकामा मात्र हुँदा टिकट पाउन सकेनन् । प्रदेश सभाको २०७९ को निर्वाचनमा समेत उनको चर्चा हुँदाहुँदै अन्तिम सूचीमा उनको नाम अटेन ।
नेपाली काङ्ग्रेसको ११औं महाधिवेशनमा भाग लिएका उनी १२ औं महाधिवेशनमा क्षेत्रीय सचिव,१३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र १४औं महाधिवेशनमा क्षेत्र न २ को क्षेत्रीय सभापति मा निर्वाचित भएका खनाल पार्टी भित्र शीर्ष नेताहरूलाई सम्मान गर्ने,नेतृत्वलाई खबरदारी गर्ने र पार्टीमा पुस्तान्तरण र रुपान्तरण हुनुपर्ने धारणा राख्ने नेताका रूपमा परिचित छन् ।
उनले आफ्नो लामो संघर्षलाई अब परिणाममा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । फागुन २१ गते हुने निर्वाचनको लागि उनले तनहु २ बाट प्रत्यक्षमा दाबी गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
