शैक्षिक गुणस्तरका लागि अर्जुनचौपारी गाउँपालिकाले देखायो तदारुकता

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले एक हप्ते बृहत शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम गरेको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले पालिकाले शैक्षिक कार्यदलको समन्वयमा एक हप्ते बृहत् शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम गरेको हो ।

कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गरेर संचालन गरिएको उत्प्रेरणात्मक कार्यक्रम वडागत रूपमा संचालन गरिएको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

Advertisement

पाँच वडामा रहेका ६ वटा माध्यमिक विद्यालय, मावि नभएको वडा नं–३ मा वडा कार्यालय र गाउँपालिका भवनमा कार्यक्रम गरिएको थियो । जेठ ५ गते पन्चकन्या मा.वि बाट सुरू भएको कार्यक्रम आज पालिकाको सभाहलमा समापन गरिएको हो ।

वडा र माविमा विद्यार्थी तथा अभिभावक सहभागी भएका थिए भने गाउँपालिकामा शिक्षकहरु सहभागी भएका थिए । विद्यार्थीलाई आफै पढ्नु पर्दछ भन्ने सोचको वृद्धि गर्न, शिक्षकलाई धर्म र कर्मका आधारमा पढाउनु पर्दछ भन्ने बनाउन उत्प्रेरणात्मक कार्यक्रम गरिएको र एक हप्ते कार्यक्रममा विद्यार्थी, अभिवावक र शिक्षकले धेरै सिकेको र कार्यक्रम फलदायी हुने अध्यक्ष तिवारीको अपेक्षा छ ।

उत्प्रेरणा कार्यक्रमबाट १ हजार ४ सय ५ विद्यार्थी, १ हजार ३ सय ३५ अभिभावक र ३ सय १२ शिक्षक लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए ।

More News last news
Loading...