काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन्। उनले तत्काल लागु हुनेगरि सन्यास लिएको बताएका छन।
रोहितले टेष्ट क्रिकेटबाट सन्यास लिएको तर एकदिवसीय क्रिकेटमा भने देशले प्रतिनिधित्व गर्ने बताएका छन्। ३८ वर्षीय उनले गतवर्ष टी२० विश्वकप जितेपछि टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।
रोहित टेष्टमा भारतका सबैभन्दा सफल ब्याट्सम्यान हुन्। उनले ६७ टेष्टमा ४०.५७ को औसतमा १२ शतक र १८ अर्धशतकको मद्दतले ४३०१ रन बनाएका छन्।
रोहितको सन्न्याससँगै भारतले इङ्ल्यान्डविरुद्धको सिरिजमा नयाँ टेष्ट कप्तान पाउने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
