एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटपारिको टापुमा रहेको पुरानो जेल आल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न आफूले सरकारलाई आदेश दिएको बताउनुभएको छ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक सन्देश लेख्दै ट्रम्पले लामो समयदेखि अमेरिका दुष्ट, हिंस्रक तथा पटके अपराधीहरूबाट पीडित भइरहेको बताउनुभएको छ। ट्रम्पले न्याय विभाग, एफबीआई र होमल्यान्ड सेक्युरिटीसँगै कारागार ब्युरोलाई यो जेल पुनः खोल्न निर्देशन दिनुभएको हो।
उहाँले अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरूका लागि अल्काट्राज जेल खोल्ने आदेश दिइरहेको बताउनुभयो। अल्काट्राजको पुनः उद्घाटन कानून, व्यवस्था र न्यायको प्रतीक हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ छ।
टापुमा रहेको अल्काट्राज जेललाई संसारकै जेल मानिन्छ । यो जेल सन् १९६३ मा गरिएको थियो। अल्काट्राज टापु अहिले पर्यटकीय गन्तव्यका रूपमा सञ्चालनमा छ । यो टापु सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
