दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्धको महाअभियोग अदालतबाट सदर

एजेन्सी l दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्धको महाअभियोग प्रस्तावलाई अदालतले सदर गरेको छ । संसदबाट पारित भएको महाअभियोगविरुद्ध परेको रिटमा संवैधानिक अदालतमा लामो समयसम्म भएको बहसपछि इजलासले सर्वसम्मतिमा सदर गरिदिएको हो ।

अदालतको यस्तो निर्णयसँगै युन राष्ट्रपतिबाट पदमुक्त भएका छन् । अब उनको ठाउँमा ६० दिनभित्र चुनाव गराउनुपर्नेछ । अदालतले युनले सैन्य कानून लगाएर नागरिकको राजनीतिक अधिकारमा क्षति पुर्‍याएको ठहर गरेको छ ।

Advertisement

अदालतले देशमा सैन्य कानून लागू गरेका युनको कदम कानूनी शासन र लोकतन्त्रको सिद्धान्तको उल्लङ्घन भएको बताएको छ । युनको पद जाने भएपछि राजधानी सोलमा उनका समर्थक र विरोधीहरु छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् ।

More News last news
Loading...