स्वास्थ्य बीमाले राहत उपलब्ध गराए पनि व्यवस्थित छैन : मन्त्री पाैडेल

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले राहत उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताउनुभएको छ ।

स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयले गठन गरेको समितिले तयार पारेकाे प्रतिवेदन आज बुझ्दै मन्त्री पाैडेलले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनुभयो ।

Advertisement

लक्षित समूहले पूर्णरूपमा लाभ लिनेगरी स्वास्थ्य बीमा अघि बढाउन जरुरी आवश्यक रहेको भन्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयाे ।

More News last news
Loading...