काठमाण्डाै । १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई तेस्रो खेलमा १ सय २१ रनले हराएको छ।नेपाली युवा टोलीले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली ४० ओभर २ बलमा १ सय ६१ रनमा अलआउट भयो ।
कर्नाटकका गगन रावले सबैभन्दा धेरै ४६ रन बनाए । नेपालका नरेन साउदले ४, युवराज खत्रीले ३ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनायो ।
नेपालकातीन जना खेलाडीले अर्धशतक बनाए । रोशन बिकेले नटआउट ८१, मयन यादवले ५८ र उत्तम थापा मगरले ५२ रन बनाए । कर्नाटकका लोहिथ र वासुले २/२ विकेट लिए । योसँगै पाँच खेलको शृङ्खलामा नेपालले अग्रता लिएको छ ।
पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने भने दोस्रो खेल नेपालले जितेको थियो । नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेलिरहेको हो । यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
