क्यान्सर रोगीलाई मासिक १० लाखको औषधी निःशुल्क

काठमाडाैं | नेपालमा अर्बुद (क्यान्सर) रोगका बिरामीले मासिक १० लाख रुपियाँसम्मको औषधी निःशुल्क प्राप्त गरिरहेका छन् । अर्बुद रोगको उपचारमा ‘दी म्याक्स फाउन्डेसन’ ले महिनामा १० लाख रुपियाँसम्मको औषधी निःशुल्क उपलब्ध गराएको हो ।

पाटन अस्पतालका दुई जना बिरामीले २१ हजार ६३४ अमेरिकी डलर अर्थात् झन्डै २८ लाख ९८ हजार रुपियाँ पर्ने क्यान्सरको औषधी सेवन गरिरहेका छन् । क्यान्सरको स्केम्बिक्स नामक औषधीको २१ हजार ६३४ अमेरिकी डलर पर्छ ।

Advertisement

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोगको उपचार निःशुल्क पाउने विषयले प्रचार नपाएको बताए । गोरखापत्रमा खबर छ ।

More News last news
Loading...