पोखरा । पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु संक्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु संक्रमितको संख्या ७ सयको आसपास रहेकोमा महिनादिनमा बढेर ४ हजार ४ सय ३३ पुगेको हो ।
संक्रमितको संख्या ३१ सय बढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएको उक्त लक्ष्य पूरा गर्न नसकिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए ।
डेंगु संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने उनीहरुको सुझाव छ।
कास्कीमा हालसम्म ४ हजार ५ सय ५२ जनामा डेंगु संक्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा ९/९ जना र माछापुछ्रे गाउँपापलिकामा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
