बिरामी भए रोनाल्डो, एएफसी च्याम्पियन्स लिग खेल्न नपाउने

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेल गुमाउने भएका हुन् । इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका हुन्।

अल नासरले रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको हो ।
अल नासरले सोमबार राति अल शोर्टासँग उसको घरेलु मैदानमा खेल्दै छ ।

Advertisement

हालै आफ्नो ९०० गोल पुरा गरेका रोनाल्डो सक्रिय फुटबल खेलिरहेका बेला भाइरलका कारण उनको खेलमा ब्रेक लागेको छ । अल नासरले उनी केहि दिनको आरामपछि टिममा फर्किने बताएको छ।रोनाल्डोले यस सिजनमा अल नासरका लागि ५ खेलमा ४ गोल गरेका छन् ।

More News last news
Loading...