पारस खड्काको घोषणाले एकाएक क्रिकेट जगतमा खुशियाली !

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न लागिएको जानकारी दिएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल)का लागि मार्की खेलाडीको टुंगो लगाएपछि कुराकानी गर्नेक्रममा खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिएको बताएका हुन्।

उनले एनपिएलमा सहभागी आठ फ्रेन्चाइज टोलीलाई जिल्लाहरूसँग पनि जोड्ने उल्लेख गरे। समर्थकको साथ र समर्थनसँगै नेपाली क्रिकेटलाई अझ माथि उठाउन क्यान पनि पारदर्शी ढंगले काम गरिरहेको उनको विश्वास छ। त्यसक्रममा उनले नेपालबाट नियमित पाँच वर्ष क्रिकेट खेल्ने खेलाडीले काठमाडौं बाहिर घर बनाउन सक्ने समेत बताए। नेपाली क्रिकेटरको आर्थिक स्थिति मजबुत हुँदै जाने खड्काको भनाई छ।

Advertisement

“हाम्रो आम्दानीको स्रोत र टिम स्वामित्वको मूल्य बढ्दा पहिलो प्राथमिकता खेलाडी नै हुन् । क्यानले सेन्ट्रल कन्ट्र्याक्ट सिस्टम गरेको छ । लिग (एनपीएल) आयोजना गर्दैछ । कुनै खेलाडी अबको चार/पाँच वर्षसम्म देशको लागि नियमित खेल्छन् भने काठमाडौं बाहिर घर बनाउन सक्ने अवस्थासम्म पुग्छन्”,खड्काले भने।

More News last news
Loading...