६१ जनामा जापानीज इन्सेफलाइटिस सङ्क्रमण, १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ। परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको हो। बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्युदर ३० प्रतिशत हो।

हाल नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये २३ प्रतिशतको मृत्यु भएको गौतमले बताए। ‘मृत्यु हुनेमा १५ वर्ष मुनिका बालबालिका पनि छन्,’ उनी भन्छन्, ‘गत वर्षको तुलनामा यो वर्ष मृत्युदर बढी छ।’ डा. गौतमका अनुसार गत वर्ष १०७ जनामा जापानीज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । सोमध्ये ७ जनाको मृत्यु भएको थियो।

Advertisement

यो वर्ष ६१ जनामध्ये १४ जनाको मृत्यु भएको छ। अनुसार कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी, झापा जिल्ला लगायत जिल्ला बढि प्रभावित देखिएका छन् । प्रयोगशालामा पुष्टि भएका बिरामी धेरै जस्ता १५ वर्षभन्दा कम उमेरका रहेको उनले रातोपातीलाई बताए।

More News last news
Loading...