टोकियो । यो हप्ताको अन्त्य सम्ममा जापानमा भारी वर्षासँगै शक्तिशाली आँधी आउनसक्ने चेतावनी जारी गरिएको छ। मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ शक्तिशाली आँधी अघि बढेको जनाएका छन् ।
आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ । जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्याएको छ।
यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
