साफ यू–२० च्याम्पियनसिप २०२४ मा नेपालको विजयी शुरुआत

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप २०२४ मा घरेलु टिम नेपालले जितबाट शुरुआत गरेको छ। नेपालले सातदोबाटोस्थित एन्फा मैदानमा श्रीलंकालाई १–० ले हराउँदै प्रतियोगितामा सुखद शुरुआत गरेको हो। नेपालका लागि निर्णायक गोल निराजन धामीले गरेका थिए।

उनले २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले विपक्षी डिफेन्डरले बल क्लियर गर्न नसक्दा गोल गर्न सफल भए। नेपालले पटक पटक गोल गर्ने मौका पाएको थियो। तर, फिनिसिङ राम्रो हुन नसक्दा गोलसंख्या बढाउन सकेन। २१ औं मिनेटमा कुशल देउवाको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

Advertisement

६३ औं मिनेटमा समिर तामाङले गोल गर्ने सुवर्ण अवसर खेर फाले। ८० औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर सदुपयोग गर्न सकेन। अनिल बम्जनको प्रहार श्रीलंकाका गोलरक्षक अहमद फुलेलले खुट्टाले बचाएका थिए।

इन्ज्युरी समयको पहिलो मिनेटमा निराजनको प्रहारमा पोस्ट बाधक बन्यो। नेपालले समूहमा ३ अंक जोडेको छ। ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ। समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

More News last news
Loading...