इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौँ । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दाेस्राे सेमिफाइनलमा नेपालले इरानलाई ३–० काे साेझाे सेटमा हरायाे।

नेपालले पहिलाे सेट २५–२१, दाेस्राे सेट २८–२६ र तेस्राे सेट २५–२० ले जित्याे । याेसँगै नेपालले लिग चरणमा इरानसँगकाे हारकाे बदला लिएकाे छ । लिग चरणमा नेपाल इरानसँग ३–२ काे सेटमा पराजित भएकाे थियाे।

Advertisement

अब नेपालले उपाधिका लागि भाेलि भारतसँग खेल्नेछ। आज भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनलमा पुगेकाे थियाे। पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको थियो।

More News last news
Loading...