काठमाडौं । बझाङबाट काठमाडौंतर्फ आइरहेको एक बसमा पहिरो खसेको छ । शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परेको थियो ।
गुडिरहेकै यात्रुकाहक बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि दुर्घटना हुनबाट जाेगिएकाे छ । पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो ।
गत शुक्रबार चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ठूलो दुर्घटनाबाट जोगिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
