कविता – ‘गड्डीबैठक’ – योगेन्द्र मान श्रेष्ठ, हाल जापान

‘गड्डीबैठक’
बलरामपुर एउटा शहरको नाम
बलशाहीहरूको आवास
बल देखाउने मेला
उताबाट चर्को गरी हुइया
यताबाट चर्को गरी हुइया

हल्लै हल्ला चर्को चर्को आवाज
बुंग धुवाँ धुलो
ट्याट्या र टु टु को शहरभरी कोलाहल
बलरामपुर हल्लैहल्लाको शहर

Advertisement

बलरामपुरमा मुखियाहरूको गड्डी बैठक बस्छ
गड्डी बैठकको प्रधानमुंखिया
शहरका गल्ली चौडा गर्ने, गुड्ने होइन
फराकिलो हिड्ने शहर बनाउने भन्छ

ऊ बेला बलरामपुर
देवताहरू रमाउने शहर थियो
तिर्थालु र देवताहरूको खुल्ला साक्षात्कार हुने
शहर र बहालका पुराना खुला सडक र चौडा गल्ली
नयाँ सडक र गल्ली बन्दै गर्दा साघुरा भए
अब नयाँ सडक गुड्ने होइन
हिड्ने खुल्ला गल्ली बनाउनुपर्छ
भनेर प्रधानमुखियाले उर्दी गर्छ

खुल्ला गल्ली बनाउनुपर्छ भन्ने
प्रधानमुखियाको उर्दीले शान्त बनेको
गड्डी बैठकको सभाको शून्यता चिर्दै
गोधुलीबाट भारदारीयाको
एउटा अविराम आवाज आउँछ
तिर्थालु र बटुवा हिड्ने खु्ला गल्ली बनाउनु
सरकार २२ नं लाई अन्याय भयो
२२ नं को सभ्यता
नयाँ सडकका साघुरा हिड्ने गल्ली हो

सरकार बलरामपुरको २२ नम्वर को
नयाँसडक गुड्नेहरूको शहर हो ll

 रचनाकार योगेन्द्र मान श्रेष्ठ स्याङ्जा सहयोग समाज (डायस्पोरा), संस्थापक एवं सल्लाहकार हुन् ।

More News last news
Loading...