काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ। आज (आइतबार) बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
जसपा, नेपालका प्रचार प्रशार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले कार्यकारिणी समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बताए । ‘आज कार्यकारिणी समितिको बैठक बसेको थियो। बैठकमा पछिल्ला राजनीतिक घटना क्रमलाई लिएर सरकारबाट बाहिरिने निर्णय भएको हो। भोलिदेखि केन्द्रीय समिति बैठक पनि बस्दै छ। उक्त बैठकले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छ,’– उनले भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
