२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य (खुला)तर्फ उम्मेदवारी दिनुभएका प्रभावशाली युवा नेता प्रवल थापाप्रति महाधिवेशन प्रतिनिधिको भव्य आकर्षण देखिएको छ ।महाधिवेशन प्रतिनिधिहरुले १५औं महाधिवेशनबाट निर्वाचित हुने कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिमा नभई नहुने नेताका रुपमा थापालाई हेरेका छन् ।
बुधबार बिहानैदेखि थापागाउँस्थित बानेश्वर हिल्समा रहेको थापाको सम्पर्क कार्यालयमा महाधिवेशन प्रतिनिधिहरुको बाक्लो उपस्थिति छ । महाधिवेशन प्रतिनिधिहरुले थापासँग फोटो र भिडियो खिच्ने तथा उहाँको पक्षमा मत माग्ने गरिरहेका छन् । कलिलै उमेरमा विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसप्रति आकर्षित हुनुभएका थापाले नेविसंघ, तरुण दल, जिल्लाकार्यसमिति, केन्द्रीय तरुण विभाग, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभएको छ । यसपटक उहाँ केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
शालीन र आकर्षक व्यक्तित्वका धनी थापाले नवयुवाको पुस्ता र पार्टीमा लामो योगदान गरिसकेको पाको पुस्ताबीच पुलको संयोजनकारी भूमिका निर्वाह गर्न सक्ने हुनाले पनि केन्द्रीय कार्यसमितिमा उनको उपस्थिति आवश्यक ठानिएको छ । १५औंमहाधिवेशनका लागि थापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत काठमाडौं १ को क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । उहाँले खुलातर्फ सर्वाधिक १७१ मत प्राप्त गर्नुभएको थियो । उहाँ यसअघि पनि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि रहिसक्नुभएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
