काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको आठौँ विकेट लिएको छ । हङ्कङको आठौँ विकेट पनि अविनाश बोहराले नै लिएका हुन्।
उनले हङ्कङका सातौँ नम्बरका ब्याट्सम्यान जिसन अलीलाई १४ रनको व्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन्। अविनाशले लिएको यो तेस्रो विकेट हो। १६.३ ओभरमा जिसन अली आउट हुँदा हङ्कङले एक सय दुई रन बनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
