रोनाल्डोको पेनाल्टी गोलमा अल नासरको जित

काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले अल अहलीलाई हराएको छ । गएराति जेदाहमा भएको खेलमा अल नासरका क्रिष्टियानो रोनाल्डोले खेलको ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो।

घरेलु टोली अल अहलीका रोजर इवानेजले पेनाल्टी बक्समा सामी अल नाजेइलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए । रोनाल्डोको पेनाल्टी गोलमा अल नासर १–० ले विजयी भयो । दोस्रो स्थानमा रहेको अल नासरको २४ खेलबाट ५६ अङ्क छ।

Advertisement

शीर्षस्थानमा रहेको अल हिलालको २३ खेलमा ६५ अङ्क रहेको छ। प्रो लिगकै अर्को खेलमा अल ताई र अल इत्तिफाक तथा अल फाया र अल रियादले समान १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।

More News last news
Loading...