प्रीतिको स्थानमा अनिताले आईलिग खेल्ने

काठमाडौं । मिडफिल्डर अनिता केसीले भारतीय महिला (आईलिग) फुटबल खेल्ने भएकी छिन् । किक स्टार्सबाट खेल्दै आएकी नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएपछि किक स्टार्सले अनितालाई अनुबन्ध गरेको हो ।

प्रीति तीन महिना मैदान बाहिरै हुने भएपछि किक स्टार्सले खेल्ने बाँकी तीन खेल अब अनिताले खेल्नेछिन् । अनिताले पहिलो पटक आईलिग खेल्न उत्साहित रहेको बताइन् । ‘पहिलो पटक आईलिग खेल्ने अवसर पाएकी छु । त्यसको लागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।’

Advertisement

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ । तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ । यस सिजन ७ खेल खेलिसक्दा प्रीतिसँगै दीपा शाहीले किक स्टार्सका लागि सानदार प्रदर्शन गरेका छन् । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ ।

More News last news
Loading...