एजेन्सी । नामिबियाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान जेजे स्मिटले त्रिकोणात्मक टि२० सिरिजको फाइनल नेपालले जित्न सक्ने बताएका छन्। सिरिजको फाइनल पुग्न असफल भएपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा स्मिटले सिरिजको फाइनल नेपालले जित्न सक्ने बताएका हुन्।
नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन सकेन। जससंगै नामिबिया र नेदरल्यान्ड्सले एक-एक अंक पाए। यससंगै नामिबिया सिरिजबाट बाहिरियो।
खेल रद्द भएपछि उनलाई सिरिजको फाइनल कसले जित्ला भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा उनले घरेलु समर्थक र पछिल्ला लयका आधारमा नेपालले जित्न सक्ने बताए।
नेपाल र नेदरल्याण्डस मद्ये कसले जित्छ भनेर भन्न गार्हो रहेपनि घरेलु समर्थक र पछिल्ला लयका कारण नेपालले जित्न सक्ने उच्च सम्भावना रहेको स्मिटले जवाफ दिए।
“यो भन्न गार्हो छ। मलाई लाग्छ घरेलु समर्थक र पछिल्ला दुई खेलमा दुवै खेल जितेको लयका कारण नेपालले जित्न सक्छ।”,स्मिटले सोधिएको प्रश्नको जवाफ दिँदै भने।
सिरिजको फाइनल मंगलबार हुँदैछ। नेपालले सिरिजका सुरुवाती २ खेलमा लगातार हार बेहोरेपनि पछिल्ला दुई खेलमा अभाने लगातार जित निकालेको छ। मंगलबार पक्कै पनि नेपाल घरेलु समर्थकका अगाडी सिरिजको उपाधि जित्ने योजनामा हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
