पोखरा । मनकामना युवा क्लबले आफ्नो १८ औँ वार्षिक उत्सव तथा महाशिवरात्रीको अवसरमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यहि फागुन २१ गतेदेखि २४ गतेसम्म आयोजना गर्ने भलिबल प्रतियोगितामा सहभागिताका लागि २० गतेसम्म इच्छुक समुहले टिम दर्ता गर्न सक्ने छन् ।
भलिबल प्रतियोगितामा प्रथम हुने समुहले ३५ हजार, मेडल र प्रमाणपत्र, द्धितीय हुने समुहले २० हजार, मेडल र प्रमाणपत्र र तृतीय हुने समुहले १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् । टिम दर्ता शुल्क ४ हजार रुपैयाँ लाग्ने छ ।
गुरुङ बाहुल्यता रहेको सो स्थानमा समय-समयमा आफ्नो संस्कृती झल्कने साँस्कृतिक कार्यक्रम, झाँकी, खेलकुद, तथा रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको क्लबले यस पटक खेलकुद कार्यक्रम आयोजना गरेको भन्दै सबैले सहयोग गरेर कार्यक्रमलाई सफल बनाइदिनुहनु क्लबका सचिव याम गुरुङले हार्दिक अपिल समेत गरेका छन् ।
खेल शुक्लागण्डकी-१ काठिपिपल [अमृत बजार]मा हुनेछ । इच्छुक व्यक्ति वा समुहले यी नम्बर 9814105009, 9815113772 मा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नुहुनेछ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
