सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल, आयोजक एपीएफ स्कुल कीर्तिपुर, मनकामना र नेपालय विजयी

काठमाडौं । प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको पहिलो प्रिक्वार्टरफाइनलको खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर, मनकामना सेकेन्डरी स्कुल जोरपाटी, नेपालय इङ्गलिस पब्लिक स्कुल जोरपाटी र जेम्स स्कुल धापाखेल विजयी भएका छन्।

Advertisement

नेपाल एपीएफ स्कुलको आयोजनामा माघ २२ बाट जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा आज भएको प्रिक्वार्टर फाइनलका खेलहरूमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) ले डीएभी स्कुल, जावलाखेललाई पराजित गर्यो । एपीएफ स्कुलको जितमा विवेक पश्चिमा थारू र एविन बस्याल र तेन्जिङ शेर्पाले गोल गरे।

त्यसैगरी, मनकामना सेकेन्डरी स्कुल जोरपाटीले मोर्डन इन्डियन स्कुल, चोभारलाई पराजित गर्यो। आजै भएको तेस्रो खेलमा नेपालय इङ्गलिस पब्लिक स्कुल, जोरपाटीले ग्रीन भिलेज एजुकेसन फाउण्डेसन कीर्तिपुरलाई पराजित गर्यो। त्यसैगरी आज भएको अन्तिम खेलमा जेम्स स्कुल धापाखेलले राई स्कुल, नक्साललाई पराजित गरेको थियो।

आजको भएको खेलहरूमा क्रमश नेपाल एपीएफ स्कुल, मनकामना सेकेन्डरी स्कुल, नेपालय इङ्गलिस पब्लिक स्कुल, जेम्स स्कुलका खेलाडीहरू विवेक पश्चिमा थारू, प्रज्ज्वल तामाङ, सुरज स्याङ्तान र अनमोल बिक म्यान अफ द म्याच घोषित भए।

More News last news
Loading...