विश्व क्यान्सर दिवस : सम्पदाहरुमा सचेतना पदयात्रा गरी मनाइँदै

काठमाडौँ । विश्व क्यान्सर दिवसको अवसरमा सम्पदाहरुमा सचेतना पदयात्रा हुने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसका अवसरमा आज (आइतबार) बिहान काठमाडौँ उपत्यकामा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमा सचेतना पदयात्राको आयोजना गर्ने भएको हो ।

हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस मनाउने सन्दर्भमा यो पटक पनि नेपाल अर्बुद रोग निवारण संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । ‘उपचारमा हुने असमानताको अन्त्य गरौँ’ भन्ने नारासहित यस वर्षको विश्व क्यान्सर दिवस मनाइँदै छ ।

Advertisement

“यही अवसरमा सचेतना जगाउने उद्देश्यले हामी बौद्धनाथबाट पदयात्रा सुरु गरेर पशुपति मन्दिर हुँदै पाटन दरबार क्षेत्रमा सम्पन्न गर्ने तयारी गरेका छौँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । पदयात्रामा विभिन्न सङ्घसंस्था, विद्यालयहरुको पनि सक्रिय सहभागिता रहने उहाँले जानकारी दिनुभयो । उपत्यकाबाहिर पोखरा, लहान, उदयपुर, धरान, हेटौँडा, बनेपा, चितवन, कपिलवस्तु, सुर्खेत, खाँदबारीलगायत मुख्य सहरमा कतै साइकल -याली, पदयात्रा, अन्तरक्रिया, तालिम, गोष्ठी, निःशुल्क क्यान्सर जाँच शिविर, दीप प्रज्वलन गर्नेलगायत कार्यक्रम तय गरिएको उहाँले जानकारी गराउनुभयो ।

अर्बुद रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि सहयोग प्रदान गर्ने, क्यान्सरको लक्षण देखिएका र रोगीको उपचारमा सहयोग पुर्याउने र क्यान्सर समयमै पत्ता लगाउन सहयोग पु¥याउने उद्देश्यले २०३९ साल भदौ ३१ मा यस संस्थाको स्थापना भएको थियो। तात्कालीन राजकुमारी जयन्ती राज्यलक्ष्मी देवी शाहको अगुवाइमा यो संस्था स्थापना भएको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले यस संस्थाले क्यान्सरजस्तो प्राणघातक रोगको उपचार नेपालमै गराउनुपर्छ भन्ने कुरालाई हृदयङ्गम गरी जनचेतना जागरण र उपचारात्मक दुवै विधि अपनाई देशैभरि आफ्नो सेवा विस्तार गरिरहेको जानकारी गराउनुभयो । नेपालमा मात्रै नभएर विकसित देशहरूमा समेत विकराल रुपमा विस्तार भइरहेको क्यान्सर रोगको रोकथामका लागि सचेतनामूलक कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारात्मक कार्यका लागि समुदायमा क्यान्सर रोगबाट प्रभावित हुने क्रम बढ्दो छ ।

More News last news
Loading...