काठमाडौं आइपुगे भारतीय परराष्ट्रमन्त्री जयशंकर

काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्क काठमाडौं आइपुग्नुभएको छ । उहाँ भारतबाट विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो।

उहाँलाई विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउदले स्वागत गर्नुभयो। त्रिभुवन विमानस्थलबाट सोझै शितलनिवास पुगेर विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्नुहुने छ ।

Advertisement

उहाँले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गर्दै दुई देशको परराष्ट्र सम्बन्ध र सरकारको धारणा आदानप्रदानबारे छलफल गर्नुहुने छ । सोही अवसरमा संयुक्त आयोगको बैठकमा गरिने कार्यसूचीबारे उहाँहरूले आफ्ना धारणा आदानप्रदान गर्नुहुने मन्त्रालयले जनाएको छ । मन्त्री साउदले भारतका विदेशमन्त्रीसहित सम्पूर्ण प्रतिनिधिमण्डलका लागि रात्रिभोजको आयोजना गर्नुहुने छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामका साथै विकास साझेदारीको समीक्षा गरिने छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यो बैठकमा दुई देशबिच विद्युत् व्यापार दुईदेशीय तथा बङ्गलादेशसँग हुने समझदारीका लागि त्रिदेशीय समझदारीमा महत्त्वपूर्ण सहमति हुने छ ।

उहाँका अनुसार नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन परियोजनामा सम्झौता हुने छ । संयुक्त आयोगको बैठकमा द्विपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा सहमति र समीक्षा गरिए पनि नसक्ने र नहुने कुरामा नेपालले जोड दिन नहुने पूर्वराजदूत दिनेश भट्टराईले बताउनुभयो ।

More News last news
Loading...