भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘पिरोला’ भेटियो

एजेन्सी । भारतमा नयाँ प्रजातिको कोरोना भाइरस देखा परेको छ। उक्त भाइरसका कारण भारतमा कोभिडका बिरामी उल्लेख्य मात्रामा बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट सङ्क्रमित हुनेको संख्या १ हजार ९७० पुगेको छ।

सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ। अहिले भारतमा सङ्क्रमण बढ्नुको कारण कोभिड–१९ का नयाँ–नयाँ भेरिन्टको उत्पत्तिले गर्दा भएको भारतीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन।

Advertisement

दक्षिण भारतीय राज्य केरलामा भर्खरै कोरोनाको नयाँ भेरियन्ट भेटिएको थियो। अनुसन्धानकर्ताहरूले यसको नाम ‘पिरोला’ राखेका छन्। केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोआमा पनि भेटिएको छ।

कतिपय अनुसन्धानकर्ताहरूले चिसो बढेका कारणले पनि कोभिड–१९को सङ्क्रमण बढेको बताएका छन्। भारतमा मात्र हैन अमेरिका र युरोमा पनि जाडो बढेसँगै कोरोना सङ्क्रमण बढेको हो ।

More News last news
Loading...