काठमाडौं । दुवईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार समूह चरणको दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ।पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्छ।
खेल, यूएईस्थितआईसीसी एकेडेमीको ओभल २ मैदानमा नेपाली समयानुसार आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ। नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए । शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
