दक्षिण अफ्रिकाले दियो अस्ट्रेलियालाई २१३ रनको लक्ष्य

काठमाडौं l आइसिसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ।भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९.४ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो।

दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए। यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके। उनी ४७ रन बनाएर आउट भएका हुन्।

Advertisement

जेराल्ड कोत्जीले १९ रन, एडेन मार्क्रमले १० रन, कागिसो राबाडाले १० रन बनाए। अन्य खेलाडीले दुई अंकको रन जोड्न सकेनन्। अस्ट्रेलियाका लागि मिशेल स्टार्क र पाट कमिन्सले ३-३ विकेट लिए। जोश हजलवुड र ट्राभिस हेडले २-२ विकेट लिएका छन्।

More News last news
Loading...