काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको फाइनल नेपाल ओमानसँग पराजित भएको छ । नेपाल ओमानसँग सुपर ओभरमा ९ रनले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो । ओमानले पनि निर्धारित ओभरमा १ सय ८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो ।
सुपरओभरमा ओमानले २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १२ रन मात्रै जोड्यो । पहिलो बल खेलेका कुशल भुर्तेल बिलाल खानको बलमा जिसन मक्सुदबाट क्याचआउट भए । दोस्रो बलमा कुशलले रन जोड्न सकेनन् ।
तेस्रो बलमा एक रन लिए । चौथो बलमा गुल्सनले एक रन लिए । पाँचौँ र छैटौँ बलमा कुशल चौका प्रहार गरे पनि नेपाल हार्न पुग्यो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
