लाओसलाई हराउँदै नेपाल विश्वकप छनाेटकाे दाेस्राे चरणमा

काठमाण्डाै । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनाेटकाे दाेस्राे चरणमा पुगेकाे छ । आज मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएकाे विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टाेलीलाई १–० ले हराउँदै समग्रमा २–१ काे जित निकालेर नेपाल दाेस्राे चरणमा पुगेकाे हाे ।

नेपालकाे जितमा मनिष डाँगीले गाेल गरे ।  मनिषले खेलकाे ५२ औँ मिनेटमा अञ्जन विष्टकाे पासमा गाेल गरे । खेलकाे इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जाेङले उत्कृष्ट बचाउ गर्दै टाेलीकाे अग्रता कायम राखे ।

Advertisement

गएकाे बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल लाओससँग १–१ गाेलकाे बराबरीमा राेकिएकाे थियाे ।

अब नेपालले समूह ‘एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछ ।

More News last news
Loading...