काठमाण्डाै । १९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएकाे छ।
आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३-२ गाेलले पराजित भयाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे।
अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
