अन्डर-१९ साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल १-० ले स्तब्ध

काठमाडौं । घरेलु टोली नेपाल साफ अन्डर नाइन्टिन च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग एक-शून्य गोलले स्तब्ध भएको छ । नेपालले पूरै खेल अवधिभर सन्तोषजनक खेल प्रदर्शन गर्न सकेन।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तान सुरुवातदेखि नै नेपालमाथि हाबी भएको थियो । पहिलो हाफमा पाकिस्तानले गोलका तीन अवसर गुमाउँदा नेपाल भाग्यमानी साबित भयो। ३३औं मिनेटमा मोहम्मद आदिल युनिसले गोलको अवसर गुमाए । नेपाली टिमका कप्तान तथा गोलकिपर जियाररथ सेखले बचाए।

Advertisement

लगत्तै वान भर्सेस वानमा रहेका आदिल युनिस गोल गर्न चुके । उनको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। ४०औं मिनेटमा साह जाहनले गरेको प्रहारको पनि जियारथले विफल पारे । पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ५३औं मिनेटमा नेपालका दीपक थापा मगरको हेडरले पोस्टको दिशा लिन सकेन।

उद्घाटन खेलमा बंगलादेश ३-० गोलले पराजित

७७औं मिनेटमा पाकिस्तानले अग्रता लिँदा रंगशाला शान्त बनेको थियो। पाकिस्तानका लागि अलि जफरले गोल गरेका हुन् । यही गोलको पाकिस्तानलाई तीन अंक जोड्न निर्णायक बन्यो।

इन्जुरी समयमा नेपालले खेल बराबरी गर्ने मौका पाएको थियो। आयुष तिम्सिनाको प्रहारले पोस्टको दिशा लिन सकेन। समूह एमा नेपाल, पाकिस्तान र माल्दिभस छन्। अब नेपालले दोस्रो खेल सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानले शनिबार माल्दिभससँग खेल्नेछ।

More News last news
Loading...