पोखरा । तीजको अवसरमा आयोजित ‘प्रथम थुम्की मेला २०८०’ को उद्घाटन समारोहमा कास्की क्षेत्र नम्बर १ का सांसद् मानबहादुर गुरुङ आउने भएका छन् । थुम्की मेलाको पहिलो दिन (भदौ २९ गते शुक्रबार) मेलाको औपचारिक उद्घाटन गर्न नेकपा एमालेका नेता तथा सांसद् गुरुङ थुम्की आउने रुपा २ का वडाध्यक्ष राजन सुवेदीले बताए।
उनका अनुसार, चारदिनसम्म (भाद्र २९ गतेबाट असोज ०१ सम्म) चल्ने मेलाको समापनमा भने पूर्वउपप्रधान तथा गृहमन्त्री भीम बहादुर रावल आउने टुँगो यसअघि नै लागिसकेको छ।
थुम्की क्लबद्वारा आयोजित उक्त मेलामा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञ बहादुर थापा, माओवादी केन्द्र संसदीय दल गण्डकीका नेता हरि चुमान लगायतको सहभागिता रहने छ।
कार्यक्रममा साविक वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता, खुल्ला तीज गीत प्रतियोगिता, ठेलो प्रतियोगिता, झाँकी प्रर्दशन र विविध रहेको थुम्की क्लबका अध्यक्ष मिलन थापाले जानकारी दिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
