राेहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे

काठमाण्डाै l भारतीय क्रिकेट टिमका कप्तान राेहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा श्रीलङ्कासँगकाे खेलमा राेहित शर्माले १० हजार रन पूरा गरेका हुन् ।

श्रीलङ्काका कसुन रजिथाकाे बलमा छक्का प्रहार गर्दै उनले याे उपलब्धि हासिल गरेका हुन् । राेहित एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छैटाैँ भारतीय खेलाडी बनेका छन् ।

Advertisement

यसअघि सचिन तेन्दुलकर (१८४२६), विराट काेहली (१३०२४), साैरभ गाङ्गुली (११३६३), राहुल द्रभिड (१०८८९) र महेन्द्रसिंह धाेनी (१०७७३) ले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका थिए । यस्तै राेहित एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटाे १० हजार रन पूरा गर्ने दाेस्राे खेलाडी भएका छन् ।

उनले २ सय ४१ पारीमा याे उपलब्धि हासिल गरेका छन् । राेहितभन्दा अघि भारतकै अर्का क्रिकेटर विराट काेहली छन् । उनले २ सय ५ पारीमा १० हजार रन पूरा गरेका थिए ।

More News last news
Loading...