पोखरा । तीजको अवसरमा आयोजित ‘प्रथम थुम्की मेला २०८०’ लाई सम्बोधन गर्न पूर्वउपप्रधान तथा गृहमन्त्री भीम बहादुर रावल कास्कीको रुपा गाउँपालिका आउने भएका छन् । एमाले पार्टीभित्र निस्किृय जस्तो देखिने प्रभावशाली नेता रावल राष्ट्रवादी नेताको रुपमा चिनिन्छन् ।
यहि भाद्र २९ गतेबाट असोज ०१ सम्म आयोजित उक्त मेलाको अन्तिम दिन अर्थात तीजका दिन प्रमूख अतिथिका रुपमा राष्ट्रवादी नेता रावल थुम्की मेलामा आउने तय भएको रुपा २ का वडाध्यक्ष राजन सुवेदीले जानकारी दिए ।
थुम्की क्लबद्वारा आयोजित उक्त मेलामा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञ बहादुर थापा, माओवादी केन्द्र संसदीय दल गण्डकीका नेता हरि चुमान लगायतको सहभागिता रहने छ ।
कार्यक्रममा साविक वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता, खुल्ला तीज गीत प्रतियोगिता, ठेलो प्रतियोगिता, झाँकी प्रर्दशन र विविध रहेको थुम्की क्लबका अध्यक्ष मिलन थापाले जानकारी दिए ।
भलिवलमा प्रथम समुहले ४० हजार पाउने
भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने समुहले नगद रु ४० हजार, २० हजार, १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबलमा सहभागी हुन रु ४ हजार दर्ता शुल्क लाग्ने छ ।
तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार १० हजार
यसैगरी, खुल्ला तीज गीत प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने समुहले क्रमश १० हजार, ६ हजार र ३ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन । तीज गीतमा सहभागी हुन रु ५०० दर्ता शुल्क लाग्ने छ ।
ठेलोमा प्रथमले ६ हजार पाउने
खुल्ला ठेलो प्रतियोगितामा प्रथम हुनेले रु ६ हजार द्धितीयले रु ३ हजार प्राप्त गर्ने छन् । ठेलोमा सहभागी हुन रु चार सय दर्ता शुल्क लाग्ने छ। कार्यक्रममा ख्याति प्राप्त लोक दोहोरी गायक गायिका राजेन्द्र सुवेदी, मिना अधिकारी र नबिना सुवेदीले निर्णायकको भुमिका निभाउनुका साथै आफ्नो प्रस्तुती समेत दिनेछन् । कार्यक्रम रुपा २ थुम्कीमा हुनेछ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
