पोखरा । नारीहरुको महानपर्व तीजका अवसरमा कास्कीको रुपा गाउपालिका–२ मा बृहत्त तिज मेला हुने भएको छ । भाद्र २९ बाट असोज ०१ सम्म हुने मेलामा साबिक वडा स्तरिय भलिवल प्रतियोगिता, खुल्ला तिज गीत प्रतियोगिता र खुल्ला ठेलो प्रतियोगिता एब बिबिध सास्कृतिक कार्यक्रम आयोजना गरिने थुम्की क्लबका अध्यक्ष मिलन थापाले बताए ।
उनका अनुसार, रुपा गाउपालिका–२ का वडा अध्यक्ष राजन सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा तीज मेला गर्ने निर्णय गरिएको हो । भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिले गर्ने समुहले नगद रु ४००००, २००००, १०००० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबलमा सहभागी हुन रु ४००० दर्ता शुल्क रहेको छ।
यसैगरि खुल्ला तिज गीत प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने समुहले १००००, ६००० र ३००० र प्रमाणपत्र प्राप्त गर्ने छन्भने तिज गीतमा सहभागी हुन रु ५०० दर्ता शुल्क लाग्ने छ । खुल्ला ठेलो प्रतियोगितामा प्रथम हुनेले रु ६००० द्धितीयले रु ३००० प्राप्त गर्ने छन् । ठेलोमा सहभागी हुन रु ४०० दर्ता सुल्क लाग्ने छ।
कार्यक्रममा ख्याति प्राप्त लोक दोहोरी गायक गायिका राजेन्द्र सुवेदी, मिना अधिकारी र नबिना सुवेदीले निर्णायकको भुमिका निभाउनुका साथै आफ्नो प्रस्तुति समेत दिनेछन् । कार्यक्रम रुपा २ थुम्किमा हुनेछ।
क्लबको आयोजनामा कार्यक्रम लक्षित भेलालाई सम्बोधन गर्दै क्लबका संरक्षक तथा रुपा २ का वडा अध्यक्ष राजन सुवेदीले यति विशाल कार्यक्रमको आयोजना गरि हाम्रो संस्कृति संरक्षण एब प्रबर्द्धन मात्रै नभएर लुकेको प्रतिभालाई प्रस्फुटन गराउन लागेकोमा बधाई दिँदै आफुले हर प्रयास गरेर कार्यक्रम सफल पार्न भुमिका खेल्ने बताए ।
सुवेदीले करिब एक लाख पचास हजार रुपैयाँ म आफै उठाई दिन्छु बाँकी तपाईहरु गर्नुहोस्, भन्दै आयोजकलाई हौसला दिएका थिए । वडा आफैँले गर्नुपर्ने काम क्लबले नै आयोजना गरेको बताउँदै सुवेदीले आयोजकको शुलेर प्रशंसा समेत व्यक्त गरे ।
कार्यक्रममा आयोजकले भलिबल प्रतियोगिताको द्धितीय प्रायोजन कृष्ण केसी हाल काठमाडौ, तिज गीतको द्धितीय प्रायोजन चित्र गुरुङ, तिज गीतकै तृतीय पुरस्कार प्रायोजन सबिना थापा, ठेलोको द्धितीय पुरस्कार प्रायोजन कमल सुवेदी हाल कैलाली र रुपा २ माझकोट निवासी हाल (युके) दिल गुरुङले विशेष सहयोग गरेको जानकारी गराएका थिए ।
क्लबका अध्यक्ष मिलन थापाले कार्यक्रम सफल पार्न सबै निकायसँग सहयोगको हात फैलाउने र सबैको सहयोग पाउने अपेक्षा गरको बताउदै देशकै सबैभन्दा क्रियाशील वडा अध्यक्षको साथले थप उर्जा मिलेको बताउँदै जसरी हाम्रो वडाध्यक्षले को काङ्ग्रेस, को एमाले, को माओवादी को नभनी सबैलाई समान व्यवहार गर्नुहुन्छ त्यसरि नै हामीले पनि सबैले सबैलाई समान व्यवहार गर्नुपर्ने बताए। कार्यक्रममा क्लबका सल्लाहकार बुद्धिराम विश्वकर्मा र राजेन्द्र सुवेदीले क्लबलाई हर तरहको सहयोग गर्ने वचन बद्धता व्यक्त गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
