काठमाडौं । म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाई गरेको हो। एन्फाका अनुसार नेपाली टोली सोमवार नै म्यानमार प्रस्थान गर्नेछ।
यस खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आईतवार २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ। बिदाई कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपालको राष्ट्रिय टिममा पर्न सफल खेलाडीलाई बधाइ र बिदाई गर्दै आफ्नो कौसल पस्किँदै राम्रो खेल्न शुभकामना दिनुभयो।
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
