काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एकरएक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । खेल आज दिउँसो श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
