नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका उडे रवि लामिछाने र बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका गएका छन्। एसिया कप अन्तर्गत भोलि हुने नेपाल र भारतबीचको खेल हेर्न लामिछाने र शाह छुट्टाछुट्टै आज दिउँसो श्रीलंका गएका हुन्।

लामिछानेले पार्टीका अन्य नेताहरुलाई एसएमएस मार्फत आफू श्रीलंका जान लागेको जानकारी गराएको एक नेताले बताए। लामिछानेले आफू श्रीलंकामा रहँदासम्म उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेका छन्।

Advertisement

यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ। एसिया कपमा समूह चरणको अन्तिम खेल नेपालले भोलि सवा तीन बजेदेखि सुरू हुनेछ। नेपालले यसअघि पाकिस्तानसँग खेलेको थियो।

मेयर शाह अपराह्न ४ बजे हिमालयन एयरलाइन्स मार्फत् श्रीलंका गएको महानगरका प्रवक्ता मानन्धरले पुष्टी गरेका छन् । सोमबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नेपाल–भारतबीच खेल हुँदैछ। नेपालले यसअघि पाकिस्तानसँग खेलेको थियो।

More News last news
Loading...