काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २३ मत पाउँदा उनका प्रतिस्पर्धी पियाले १४ मत प्राप्त गरेका छन् । संघको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन्।
यस्तै, सदस्यमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्याल, नीरा राजोपाध्याय, अनुजमान श्रेष्ठ निर्वाचित भएका छन्। संघको १३ सदस्यीय कार्यसमितिमा पारसको टिमबाट १२ जना निर्वाचित भएको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
