महिला टि–ट्वान्टी आई सिरिज : आज नेपाल र कुवेत भिड्दै

काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।

Advertisement

नेपालले सिरिजको पहिलो खेल जितेको छ । मंगलवार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो ।

More News last news
Loading...