‘कर्णालीको हवाई प्रतिबन्ध आधा खोलिए मान्य हुँदैन’

काठमाडौं । चौतर्फी दवावपछी कर्णालीमा लगाएको हवाई प्रतिबन्ध खोल्ने विषयमा सरकार अग्रसर भएको छ । बिहिवार बिहानैदेखि पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले कर्णालीका स्थानीय नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीसङ छलफल गरेका छन्।

तर हेलिकप्टरलाई छोडेर जहाजको मात्र प्रतिबन्ध फुकुवा गरिए मान्य नहुने स्थानीयले बताएका छन् । कर्णालीका वरिष्ठ पर्यटन व्ययसायी एवं `भिजिट कर्णाली २०२२´ का संयोजक राजु कार्कीले कर्णालीको लागि जहाज र हेलिकप्टरको आवस्यकता उत्तिकै भएकोले दुवैमाथी लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताए।

Advertisement

`कर्णालीको लागि पर्यटक ओसार्नदेखी ग्रामीण क्षेत्रका बिरामीको उद्दार गर्न हेलिकप्टरको विकल्प छैन, त्यसैले जहाजको मात्र खोलेर हेलिकप्टरको प्रतिबन्ध यथावत राखिए हामीलाई मान्य हुने छैन,´ उनले भने, `कर्णालीको आकाशमा जहाज र हेलिकप्टरको हिस्सा आधा-आधा छ ।´ कर्णालीमा बिरामीको उद्दार, खाद्यान्न ओसारपसार, पर्यटन प्रवर्द्धनमा हेलिकप्टरको भूमिका महत्वपूर्ण भएकाले हेलिकप्टरको प्रतिबन्ध फुकुवा नगरिए आन्दोलन जारी राख्ने उनले बताए ।

More News last news
Loading...